वाम गठबन्धनद्वारा हाम्रो हत्या गर्न खोजियोः कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८०, मंगलबार

काठमाडौँ, ९ मंसिर। नेपाली कांग्रेसले आफ्ना नेता एवं कार्यकर्ताहरुको कुटपिट गरि हत्या गर्ने मनसायले वाम गठबन्धनका कार्यकर्ताहरु उत्रिएको आरोप लगाएको छ।

शनिबार बिहान कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै देशको विभिन्न ठाँउमा वामगठबन्धनका कार्यकर्ताले बम प्रहार गर्ने, कुटपिट गर्ने जस्ता अनैतिक कार्य गरेको बताएको छ।

यस्तो छ विज्ञप्ति

१. नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु लामिछाने चढ्नु भएको सवारी साधनलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन् । बम प्रहारबाट उम्मेदवार सहित चुनाव प्रचारमा हिडेका पार्टीका कार्यकर्ताहरु बाँच्न सफल भएका छन् ।

२. ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा।पा।को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी उहाँहरु चढ्नु भएको गाडीलाई नियन्त्रणमा लिएका थिए । उहाँहरुलाई घाइते बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए ।

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय हो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।

नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव