स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगको सक्रियता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगको सक्रियता

शोभा न्यौपाने । १६ फाल्गुन काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागी निर्वाचन आयोगले नमुना मतपत्र छाप्ने काम सुरु गरेको छ । आयोगले अहिले नमुना मतपत्रको छपाईको काम सुरु गरेको छ । मतदानस्थलको अवस्था हेरेर आयोगले मतपेटिका र मतपत्र निश्चित गर्ने बताएकोछ ।

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

शोभा न्यौपाने । १६ फाल्गुन काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागी निर्वाचन आयोगले नमुना मतपत्र छाप्ने काम सुरु गरेको छ । आयोगले अहिले नमुना मतपत्रको छपाईको काम सुरु गरेको छ । मतदानस्थलको अवस्था हेरेर आयोगले मतपेटिका र मतपत्र निश्चित गर्ने बताएकोछ । १९ वर्ष पछि हुन लागेको स्थानिय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले तीव्र तयारी थालेको छ ।

चुनावमा राजनीतिक दलको सहभागिताको आधारमा मतपत्रको साईज निर्धारण हुने हँुदा कुन मतदान स्थलमा कुन साईजको मतपत्र चाहिन्छ भन्ने बिषयमा आयोगले अध्ययन गरिरहेको छ । त्यस्तै आयोगले हाल आचारसंहिता तयार गर्ने, मतपत्र डिजाईन गर्ने, कार्यविधि तयार गर्ने जस्ता काम गरिरहेको छ । आगामी बैशाखमा हुने निर्वाचनमा १ करोड ३८ देखि ४० लाख मतदाता सहभागि हुने अनुमान गरिएको छ ।

त्यस्तै आयोगले निर्वाचनका बेला हुन सक्ने झडपलाई मध्यनजर गर्दै ४ वटै सुरक्षा निकायलाई बोलाएर सुरक्षाको बिषयमा आवश्यक कार्ययोजना बनाईरहेको छ । मतदान केन्द्र निर्धारण गर्नका लागि स्थानिय तह पूर्नरसंरचना आयोगको प्रदिवेदन निर्वाचन आयोगलाई छिटो उपलब्ध गराईदिन निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आग्रह गर्नुभएको छ । स्थानिय तह पुर्नरसंरचना आयोगले ७ सय १९ स्थानिय तहको संरचना बनाएर सरकारलाई बुझाइसकेको छ ।

तर, मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरी प्रतिवेदन अध्ययन गर्न जिम्मा दिएको छ । बिरोधमा लागेका असन्तुष्ट पक्षको मागलाई संम्बोधन गर्न सरकारले केहि संख्या थप गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);