स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु

शोभा न्यौपाने । ६ चैत्र, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थनीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सुरु गरेको ।

स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु

शोभा न्यौपाने । ६ चैत्र, काठमाडौं ।  निर्वाचन आयोगले आसन्न स्थनीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइको काम सुरु गरेको । निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने २६ दलको क्रम संख्या र चुनाव चिन्ह सार्वजनिक गरी मतपत्र छपाइको काम सुरु गरेको हो । साथै आयोगले स्थानीय तहको निर्वाचनका लागि आवश्यक सवै कानुनहरु प्राप्त भइसकेको जनाएको छ । आयोगले आइतबारबाट मत पत्र छपाईको काम सुरु गरेको हो ।

आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा मतदाताहरुले एउटै मतपत्रमा ७ जना प्रतिनिधिहरुलाई मतदान गर्नुपर्नेछ । एउटै मतपत्रमा गाँउपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर तथा उपमेयर लगायत ७ जना जनप्रतिनिधिहरुलाई भोट हाल्न सकिने आयोगले जनाएको छ । निर्वाचनका लागि समय कम भएको तथा मतपत्र छापिसक्न ४० दिन लाग्ने भएकाले मतपत्र छपाईको काम सुरु गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले सरकरका तर्फबाट स्थानीय तहको निर्वाचनका लागि आवश्यक अधिकांस कानुन आईसकेको जनाएको छ । राजनितिक दल सम्बन्धि कानुन पास हुन ढिलाई भएको भएपनि त्यसैका कारण निर्वाचन स्थगित नहुने आयोगले स्पष्ट पारेको छ । आयोगले प्राविधिक काम अन्र्तगत मतदाता नामावलीलाई अन्तिम रुप दिने, मतदाता परिचयपत्र छाप्ने लगायतका काम पनि भइरहेको जनाएको छ ।

त्यस्तै निर्वाचनका लागि आवश्यक ६४ प्रकारका सामाग्रीहरुको व्यवस्था गर्ने काम पनि आयोगले गरिरहेको छ । आयोगले २०७० सालको निर्वाचन प्रयोग भएका समाग्रीको पनि प्रयोग गर्ने र अपुग सामाग्री विदेशबाट आयत गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);