सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका तीन उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका तीन उम्मेदवार

काठमाडौं, २७ फागुन । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका तीन उम्मेदवार हुने भएका छन् । आज विहान बसेको सत्ता गठबन्धनको बैठकले एउटै नाममा सहमति गर्न नसकेपछि तीनजना उम्मेदवार हुने भएका हुन् ।

जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने भएका छन् । जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गर्ने भएकी छिन् ।

निर्वाचन आयोगले शुक्रवार विज्ञप्ति जारी गरी राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले संविधान अनुसार उपराष्ट्रपतिमा पुरुष हुन नसक्ने भनेपछि सत्ता गठबन्धनबाट जसपाले महिलालाई पनि अघि सारेको हो । आज रामसहायप्रसाद यादवको उम्मेदवारी दर्ता अस्वीकृत भएमा सत्ता गठबन्धनबाट प्रमिला यादव र ममता झामध्ये एक आधिकारिक उम्मेदवार हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);