उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय यादवको उम्मदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहाय यादवको उम्मदवारी दर्ता

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दिएका छन् । उनी आज नयाँ बानेश्वरस्थित निर्वाचन आयोगको कार्यालय पुगी उम्मेदवारी दर्ता गरेका हुन् ।

यादवको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

बाराबाट प्रतिनिधि सभा चुनाव जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर खाली सिटमा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेवार बन्ने रणनीतिका साथ यो सबै भइरहेको छ ।

तर, निर्वाचन आयोगले राष्ट्रपति पुरुष भइसकेकाले उपराष्ट्रपति महिला हुनुपर्ने विषय उठाएपछि रामसहायको उम्मेदवारी टिक्ने हो या होइन चासोको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);