रामसहायलाई उपराष्ट्रपति बनाएर संसद प्रवेश गर्ने उपेन्द्रको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामसहायलाई उपराष्ट्रपति बनाएर संसद प्रवेश गर्ने उपेन्द्रको तयारी

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका रामसहायप्रसाद यादव उम्मेद्वार बन्ने भएका छन् ।

जसपाको बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले उनलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो । यसअघि सत्ता गठबन्धनमा जसपाका उम्मेदवारलाई उपराष्ट्रपतिमा सघाउने सहमति भइसकेको छ ।

रामसहायप्रसाद यादव बारा २ बाट निर्वाचित सांसद हुन् । संसदको चुनावमा जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि उनलाई संसदमा ल्याउन रामसहायलाई अगाडि बढाउन लागिएको हो ।

रामहायलाई उपराष्ट्रपति बनाएर खाली सिटमा उपेन्द्र यादव चुनाव लड्ने तयारी गरेका छन् । उपेन्द्र यादव सीके राउतसँग संसदको चुनावमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका थिए ।

उपराष्ट्रपति चुनावका लागि उम्मेदवारी दर्ता फागुन २९ मा रहेको छ । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);