झन् शक्तिशाली बनेका सीले चीनलाई सर्वशक्तिमान बनाउन सक्लान् ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

झन् शक्तिशाली बनेका सीले चीनलाई सर्वशक्तिमान बनाउन सक्लान् ? ( भिडियो रिपोर्ट )

काठमाडौँ, फाल्गुन २७  \ माउन्टेन टेलिभिजन एचडी । चीनका राष्ट्रपति सी चिनफिङले दुई कार्यकालको व्यवस्था हटाएपछि विरोधमा आवाज उठेका थिए । तर, त्यसलाई दबाइएको थियो । पूर्वराष्ट्रपति हु जिन्ताओलाई गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको २०औं सम्मेलनको समापन कार्यक्रममा भाग लिइरहँदा उठाएर बाहिर पठाइएको थियो । हुन जिन्ताओ दुई कार्यकाल पूरा गरी राजनीतिबाट सन्यासको अवस्थामा थिए । तर, सी चिनफिङले आफ्नो कार्यकाल असिमित बनाउने गरी संविधानमै परिवर्तन गरेपछि प्रश्नहरु उठिरहेका थिए । त्यसमा उनले पनि प्रश्न उठाए । तर, विरोधका आवाजहरु भित्र भित्र दबाइयो । यतिसम्मकी हु जिन्ताओको असन्तुष्टि नभएर स्वास्थ्य अवस्था बिग्रिएर सम्मेलन कक्षबाट बाहिर गएको भनियो । अहिले नेस्नल पिपल्स कँग्रेसले सी चिनफिङको तेस्रो कार्यकाल सर्वसम्मतले अनुमोदन गरेको छ। चीनको सत्ताको नेतृत्व गर्ने एकमात्र चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरोमा पनि सीकै खास निकटस्थहरुको बाहुल्य भइसकेको छ । सीको तेस्रो कार्यकाल अनुमोदन गर्दा कुल ३ हजार मतमध्ये २९५२ उनको पक्षमा गयो । कसैले पनि विपक्षमा मतदान गरेनन् ।

सी चिनफिङ निर्विरोध २० लाख जनशक्तिको चिनियाँ जनमुक्ति सेनाको कमाण्डर समेत भएका छन् । योसँगै उनी ठूलो विजेता भएका छन् । चीनमा उनी सर्वशक्तिमान भएका छन् । सन् २०१२ मा शक्तिमा आएपछि सीले आफ्ना राजनीतिक प्रतिष्पर्धीहरुलाई पाखा लगाउँदै बढे । पार्टीभित्र आफ्ना समर्थकहरुलाई शक्तिशाली पदमा ल्याए । गत वर्षको अक्टोबरमा आफैलाई तेस्रो कार्यकालका लागि स्थापित गर्न दुई दशक शक्तिमा रहेपछि शक्ति हस्तान्तरण गर्ने

परम्परालाई तोड्न संविधान संशोधन गराए । विगतमा दुई कार्यकालपछि चिनियाँ नेताले नेतृत्व हस्तान्तरण गर्ने परम्परा थियो । सी चिनफिङले प्रधानमन्त्रीमा लि कियाङलाई अनुमोदन गर्ने खुलिसकेको छ । उनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यवस्थापनको जिम्मेवारी लिनेछन् । ६८ वर्षीय हान चेङ नयाँ उपराष्ट्रपति चयन भइसकेका छन् । चिनियाँ संसदको प्रमुखमा ६६ वर्षीय चाओ लेजी छानिएका छन् । उनीहरु पोलिटब्यूरो कमिटीमा हुँदा देखि नै सी चिनफिङका टिमका थिए ।

९ करोड ६० लाख सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीमा २० लाख त नायक र सहीदहरुको नामावलीको सूची नै छ । त्यहाँ कोही विपक्षी हुँदैनन् मात्र चेक एण्ड ब्यालेन्स हुन्छ। तर, चिनियाँ कम्युनिस्ट पार्टीभित्र सी चिनफिङ नेतृत्वमा आउनुअघि ठूलै शक्तिसंघर्षका घटनाहरु खुलेका थिए । भ्रष्टाचारका मुद्दा जोडतोडले उठे । कतिपयमाथि कारबाही समेत चल्यो । यसबीच उदाएका सी चिनफिङले विरोधीलाई पाखा मात्र लगाएनन् संविधान नै परिवर्तन गरी आफ्नो प्रभाव बढाउँदै लगे । असिमित कार्यकालको व्यवस्था गरेर ६९ वर्षीय सी चिनफिङले आफूलाई २१औं शताब्दीको माओत्से तुङका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । चीनभित्र पकड बलियो बनाइसकेपछि बाह्य दुनियाँमा पनि शक्ति फैलाउँदै लगेका छन् । चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने महत्वाकांक्षा बोकेर दौडिइरहेको छ। योसँगै पहिलो कार्यकाल आन्तरिक व्यवस्थापनमा बढी समय बिताएका सीको दोस्रो कार्यकालमा आक्रामक कूटनीतिक गतिविधि देखिए । अब तेस्रो कार्यकालमा उनी कसरी प्रस्तुत हुने हुन् प्रतिक्षाको विषय बनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);