एमाले कर्णालीमा रोकाया, शाह र शाहीबीच कडा टक्कर, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले कर्णालीमा रोकाया, शाह र शाहीबीच कडा टक्कर, कसले मार्ला बाजी ?

काठमाडौं, १४ असोज । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्षमा तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्ष पदका लागि पाँच नेताको उम्मेदवारी परेको थियो । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका कर्णाली प्रदेशसभाका पूर्वसभामुखसमेत रहिसकेका राजबहादुर शाही र कालीकोटका नेता प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रदेश समिति सचिवका लागि दुई नेताबीच प्रतिस्पर्धा हुने भएको छ । दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले उम्मेदवार रुद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रदेशको नेतृत्व सहमतिमा टुंग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुंगो लगाउने भएको हो ।

प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिनुभएको थियो । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिनुभयो । एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);