राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

बिहीबार भर्खरै सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याउनु भयो भने एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याउँनुभएको हो ।

पौडेललाई संघीय संसदका २१४ सांसदले मतदान गरे भने ३५२ प्रदेश सांसदले मतदान गरे । यस्तै नेम्वाङलाई संघीय संसदका ९८ सांसदले मतदान गरे भने प्रदेशसभाका १६२ सांसदले मतदान गरेका छन् । यस्तै पाँच मत बदर भएको छ ।

पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बन्नुभएको थियो । नेम्वाङलाई आफ्नो दल नेकपा एमालेको मात्रै समर्थन थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);