सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको प्रकाशमानको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको प्रकाशमानको आरोप

prakashman

काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको आरोप लगाएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानको भावना विपरित शक्ति आफ्नो हातमा केन्द्रित गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

मंगलबार जन आन्दोलन दिवसको अवसर पारेर गणेशमान सिंह अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालय, गृह मन्त्रालयको अधिकार समेत आफ्नो हातमा लिएर प्रधानमन्त्री ओलीले आफू सर्वशक्तिमान बन्न खोजिरहेको भन्दै आक्रोश व्यक्त गरे । नेता सिंहले राजनीतिक दलहरुले भ्रष्टाचार गरेकाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई भईरहेको पनि स्पष्ट पारे ।