पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति : नेता प्रकाशमान सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति : नेता प्रकाशमान सिंह

praksh man simha

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाएका हुन् । मंगलबार सर्वोच्च नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिएपनि जनतालाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गरे ।

उनले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सीमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’ मा चलिरहेको आरोप पनि लगाए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गरे । कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);