सरकारले जनताले महसुस गर्नेगरी केही पनि काम नगरेको काग्रेस नेता सिंहको भनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले जनताले महसुस गर्नेगरी केही पनि काम नगरेको काग्रेस नेता सिंहको भनाइ

prakashman simha

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गरेका छन् ।

काँग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दाबी गरे । आईतबार स्वर्गीय मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित एक कार्यक्रममा नेता सिंहले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई मारमा पार्नेबाहेक अन्य केही काम गर्न नसकेको उल्लेख गरे भन्दै चर्को आलोचना गरे ।

उनले सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषीलाई छुटाउने प्रयास गरिरहेको आरोप समेत लगाए । नेता सिंहले सरकारले जनताको दुःख कष्टमा साथ दिने प्रयास समेत नगरेको आरोप लगाए । स्वर्गीय मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन, र महिला अधिकारको आन्दोलनमा खेल्नु भएको नेतृत्वदायी भूमिका सधै स्मरणीय रहिरहने उनको भनाइ छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);