काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व बजारमा प्रतिस्पर्धी गर्ने सक्ने जनशक्ति नेपालमा उत्पादन गरिने बताएका छन् । सोमवार त्रिभुवन विश्वविधालयको साधरणसभा बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले विधार्थीहरुलाई प्रतिस्पर्धी बनाउन व्यवहारिक र बैज्ञानिक शिक्षाको निती अवलम्बन गर्ने बयातेका हुन् ।
प्रधानमन्त्री ओलीले आधुनिक शिक्षा प्रणालीमा जानका लागि नेपालको विश्वविधालयहरुलाई पनि सक्षम बनाउनुपर्नेमा जोड दिए । उनले नैतिक शिक्षालाई पनि विशेष जोड दिदै नयाँ पुस्तालाई सुहाउँदो र विधार्थीहरुको इच्छा अनुसारका शिक्षा प्रणाली बनाउन आवश्यक भएको बताए ।
कार्यक्रमम शिक्षामन्त्री गिरिरामणी पोखरेलले राष्ट्रका लागि त्रिभुवन विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेको भन्दै प्रशंसा गरे । उनले उच्च शिक्षालाई समय सापेक्ष र बजारमुखी बनाउन विषयमा आफुहरु लागि परेको बताए ।
बैठकले त्रिविको रजिष्ट्रारमा प्रध्यापक डाक्टर मोहनप्रसाद पन्थी र प्राध्यापक कृष्णप्रसाद गौतमलाई डिन मनोनित गरेको थियो ।




