कर्णालीको विकासका लागि आधुनिक ढंगले बस्ती विकास गर्नुपर्छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीको विकासका लागि आधुनिक ढंगले बस्ती विकास गर्नुपर्छ : प्रम ओली

सुर्खेत २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आज आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पुर्याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताए । कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ, प्रधानमन्त्री ओलीले भने ‘तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।’

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसंग नजोडिएकोले उत्तरी छिमेकसंग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन’ उनले भने ‘त्यस कारण उत्तरी छिमेकीसंगका नाका खोल्नुु पर्छ ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताए । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको उनको धारणा छ । ‘कर्णाली प्रदेशलाई बिषादीमुक्त बनाउने हाम्रो योजना छ’ प्रधानमन्त्री ओलीले भने । कर्णालीलाई यातायात, सञ्चार, स्वास्थ्य, शिक्षा सबै प्रकारले देशको मुलधारमा जोडिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारे । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाँको भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको उनले प्रतिक्रिया दिएका छन्।

‘समृद्ध कर्णाली बनाउन जनप्रतिनिधीहरुले अगुवाइ गर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ‘यहांको कृषि, जडिबुटी, पर्यटन, उर्जालाई प्रयोग गरेर समृद्धिको यात्रालाई अघि बढाउनु पर्दछ ।’

मध्यपश्चिम विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयलाई पाठ्यक्रममा ७० प्रतिशत भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन गरी समायोजन गर्न सुझाव दिए । कार्यक्रममा रक्षा मन्त्री इश्वर पोख्रेल, विश्व विद्यालका सहकुलपति एवं शिक्षा मन्त्री गिरिराजमणी पाखे्रल, पर्यटन मन्त्री रबिन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);