कर्णाली प्रदेश सरकारको विवाद समाधानमा नेकपाका अध्यक्षद्वय बीच मत बाझियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारको विवाद समाधानमा नेकपाका अध्यक्षद्वय बीच मत बाझियो

काठमाडौं, ४ कार्तिक । कर्णाली प्रदेश सरकारको विवाद समाधानका सम्बन्धमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएको छ ।

कर्णालीको विवाद समाधानका लागि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वय ओली र दाहालबीच मत बाझिएको हो । प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आउनुभएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर दाहालले नमानेकोकारण मत बाझीएको बताइएको छ ।

दाहालले प्रदेशको विवाद प्रदेश कमिटीले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षबीच कुरा नमिलेको हो । संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै दाहालले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);