कर्णाली प्रदेशको पार्टी विवादका सम्बन्धमा नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

कर्णाली प्रदेशको पार्टी विवादका सम्बन्धमा नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच छलफल

oli prachanda

काठमाडाैं, २६ असाेज । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीसंग कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन आग्रह गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दाहालले ओलीसंग कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन आग्रह गर्नुभएको हो । छलफलमा कर्णालीको विवादबाट पार्टीको छवीमा धक्का लाग्ने भन्दै दाहालले प्रधानमन्त्रीबाटै पहल हुने पर्ने बताएको जनाइएको छ ।

पार्टी एकताको काम नसकिँदै एकता विपरीतको गतिविधि भएकोमा दाहालले प्रधानमन्त्री ओलीसंग असन्तुष्टि समेत जनाइको बताइएको छ । कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेशको पार्टी विवाद सार्वजनिक भएको हो ।

तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो । पूर्व एमालेतर्फका १५ सांसद र पूर्वमाओवादीका ३ सांसदले शाहीविरूद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);