दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दुर्गममा आधुनिक सहर बसालौं : प्रधानमन्त्री

pm kp-oli

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गम तथा मुख्य राजमार्ग क्षेत्रमा आधुनिक सहर विकास गर्न व्यवसायीलाई आग्रह गरेका छन्।

सातौं घरजग्गा मेला, २०७५ को शुक्रबार भृकुटीमण्डपममा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्। उनले उद्योग–व्यवसायीलाई काठमाडौं उपत्यकामा मात्रै सीमित नभई दुर्गम क्षेत्रमा पनि भौतिक पूर्वाधार विकास गरी आधुनिक सहर बसाल्न आग्रह गरे।

सरकारले पुष्पलाल राजमार्गमा १० वटा आधुनिक सहर निर्माण गर्नेयोजना अघि सारेको जानकारी दिँदै ओलीले भने, ‘सरकारले नीति बनाइदिने हो। सहरको निर्माण व्यवसायीले गर्ने हो। यसमा सरकारले के गर्नुप-यो,’ प्रधानमन्त्री ओलीले भने, ‘खेतीयोग्य जमिन जोगाउँदै नयाँ ढंगले सहरको संरचना तयार गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीका अनुसार सुर्खेत, दाङ र लुम्बिनीमा पनि आधुनिक सहर विकास गरिने छ। दुर्गम क्षेत्र, पूर्वाधार विकास नभएका क्षेत्रलाई आधुनिक सहरमा रुपमान्तरण गदैृ जाने सरकारको लक्ष्य रहेको उनले बताए। सहर निर्माणको ढाँचा परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले २५ किलोमिटर चौडाइ र १०० किलोमिटर लम्बाइको बस्ती विकास आजको आवश्यकता रहेको बताए।

अबको सहर तिनाउ र राप्तीलाई डाइभर्सन गरेर विकास गर्नुपर्छ। नदीलाई तालको रुपमा विकास गर्दै पर्यटकीय सहरका रुपमा विकास गर्नुपर्ने प्रधानमन्त्रीको तर्क थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);