पूर्वाधार विकासमा बुटवलले असाधारण फड्दो मार्छः पौडेल  | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

पूर्वाधार विकासमा बुटवलले असाधारण फड्दो मार्छः पौडेल 

बुटवल। पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । सुरु गरिएका ठूला विकासका आयोजना सम्पन्न भएपछि यहाँको विकास मुलुककै लागि नमुना देखिने उनको दाबी छ । ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने उनले दाबी गरे । बुटवल-११ प्रगतिनगरमा बुधबार मतदाताहरूसँग अन्तरक्रिया गर्दै पौडेलले तिनाउ-दानव करिडोर निर्माण भएपछि बुटवल नमुना सहरको रूपमा विकास हुने दाबी गरे । करिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई विचलित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको बताउँदै उनले कोरिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।

एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लीला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिन ४ मंसिरमा जनताले सूर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदै उनले आगामी मंसिरमा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे ।

Leave a Reply

ताजा समाचार