मन्त्री नै हेलमेटविना बाइकमा सरर..... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

मन्त्री नै हेलमेटविना बाइकमा सरर…..

बारा । निजगढ नगरपालिका(१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका थिए बारा–१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नै नलगाई सवारी चलाएका थिए ।

मन्त्रीको यस्तो व्यवहार देखेर मतदाताहरूले ‘नियम कानुनले ठुलाबडा’ लाई नछुने हो की के हो भनेर प्रश्न समेत गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरित हेलमेट नलगाइएको मोटरसाइकलमा सवार भईरहँदा प्रहरीले समेत उनलाई रोकेन ।

यसअघि मन्त्री चौधरीलाई निर्वाचन आयोगले चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको भन्दै स्पष्टीकरणसमेत सोधिसकेको छ । उनी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन्। अहिले उनको चौतर्फी आलोचना भइरहेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);