सरकारी गाडीको नम्बर नैं परिर्वतन गरेर खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी गाडीको नम्बर नैं परिर्वतन गरेर खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग

बारा । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचार प्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचार प्रसारका निम्ती सरकारीले मन्त्रीलाई दिएको गाडीको नम्बर नैं परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

मन्त्री चौधरीले रातोनिलो भएको बा.२.झ.५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नैं परिवर्तन गरी बा.१२.च.७४३१ नम्बरको प्लेट राखी प्रयोग गर्दै आएका हुँन् । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्ता देखि बारा मैं छन् । उनले चुनाबी प्रचार प्रसारका निम्ती समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानीय राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री ज्युको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए बिगत तिन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नैं मन्त्रीसँग अघि पछि हुँन्छ प्रशासन नैं मैन छ कस्ले कारबाही गर्ने खै ? उनले भने ।

निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुँनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुँन वा प्रचार प्रसार गर्न नपाइँने उल्लेख गरिएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा पनि उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचार प्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);