पुर्वमन्त्री किसान श्रेष्ठ पुनः बिवादित : जनतालाई भने तिमीहरू भाडाको टट्टूहरु होउ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुर्वमन्त्री किसान श्रेष्ठ पुनः बिवादित : जनतालाई भने तिमीहरू भाडाको टट्टूहरु होउ’

बारा । पूर्वमन्त्री एवंम् बारा क्षेत्र नं.४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) पुनः विवादमा तानिएका छन् । प्राइम टेलिभिजनले शुक्रवार जीतपुरमा आयोजना गरेको ञमंसिर ४ महासंग्रामझ कार्यक्रममा जवाफ दिने क्रममा सहभागीलाई भाडाको टट्टू भने पछि नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठ विवादमा तानिएका हुँन् ।

सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा होहल्ला भए पछि श्रेष्ठले आक्रोशित हुँदै ञचर्को स्वर गर्दैमा किसान श्रेष्ठ डराउँछ भन्ने सोच्नु भयो? प्रश्न सोधे पछि उत्तर दिन दिनुस् न । सा‘भाडाको टट्टूहरु भनेका थिए । जवाफ दिने क्रममा आक्रोशित देखिएका उम्मेदवार श्रेष्ठले आँफुलाई सम्हाल्न नसक्दा विवादित अभिव्यक्ति दिएका हुँन् । श्रेष्ठले उक्त अभिव्यक्ति दिए लगत्तै सहभागीले उनको बिरोध पनि गरेका थिए ।

तनँहुबाट बारा आएर निर्वाचन लडदै गरेका उम्मेदवारले जनताको जिज्ञासाको जवाफ दिने कि यहाँका नागरिकलाई गाली दिदै भाडाको टट्टूहरु भन्ने ? झ कार्यक्रममा सहभागी सोनु कलवारले भने ञयो त यस क्षेत्रका नागरिक माथिको अपमान हो, उम्मेदवारले यसरी भन्न पाइँदैन । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ सहिँत नेकपा एमालेका उम्मेदवार एकबाल मियाँ, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्ले लगायतका उमेदवार सहभागि थिए । उम्मेदवारसँगको प्रश्नोत्तर कार्यक्रममा बारा क्षेत्र नं.४ का नागरिकले सहभागीता जनाएका थिए । कार्यक्रमका सहभागीले उम्मेदवारलाई क्षेत्रको बिकासका लागि आगामी योजनाको विषयमा प्रश्न राख्ने क्रममा श्रेष्ठले उक्त शब्द प्रयोग गरेका हुँन् ।

श्रेष्ठ यस अघि असोज ३० गते निर्वाचन आचारसंहिता विपरीत परवानीपुरमा आफ्नों चुनावी ब्यानर मुनि फ्री भिसा फ्री टिकट भन्दै अन्तर्वार्ता राखे पछि विवादमा परेका थिए । म्यान पावरको प्रयोग गर्दै मतदाता प्रभावित पार्ने काम गरेको भन्दै निर्वाचन आयोगले श्रेष्ठलाई स्पष्टीकरण समेत लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);