आचारसंहिता उलंघन बारे किसान श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आचारसंहिता उलंघन बारे किसान श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण

बारा । निर्वाचन आयोगले प्रतिनिधिसभा बारा निर्वाचन क्षेत्र नं.४ का उम्मेदवार कृष्णकुमार (किसान श्रेष्ठ) लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठको विषयमा केही दिन अघि युट्युबमा सार्वजनिक भिडियो प्रति ध्यानाकर्षण भएको भन्दै आयोगले श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘किसान श्रेष्ठकाे चुनावी फन्डा’ भन्ने शीर्षकमा सार्वजनिक भएको भिडियो मार्फत् बाराका युवाहरूलाई श्रेष्ठले फ्रि भिसा फ्रि टिकेटमा वैदेशिक रोजगारीमा पठाउँने प्रलोभन दिएको भन्दै त्यस प्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);