माओवादी र एमालेका उम्मेद्वारलार्इ आयोगले सोध्यो यस्तो स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

 

काठमाडौं, ३१ भदौ । निर्वाचन आयोगले बारा जिल्लाका विभिन्न तहका उम्मेदवारलाई उम्मेदवारी किन रद्द नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको टोली अनुगमनमा पुग्दा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।

आयोगले बाराको कलैया उपमहानगरपालिका– ८ का वडाध्यक्ष मनोजकुमार चौरसियालाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै चौरसियालाई ४८ घन्टे स्पष्टीकरणमा सोध्ने क्रममा आयोगले तोकेभन्दा ठूलो आकारको माइकिङ र ब्यानर प्रयोग गरेकाले उम्मेदवारी किन रद्द नगर्ने भनी प्रश्न गरेको छ ।

त्यसैगरी, आयोगले बाराकै पर्सौनी गाउँपालिकामा माओवादी केन्द्रतर्फका अध्यक्षका उम्मेदवार विनोदप्रसाद जैसवाललाई उम्मेदवारी रद्द किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । प्रमुख निर्वाचन आयुक्त यादवको नेतृत्वमा रहेको अनुगमन टोलीले निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी, गम्छालगाई मोटरसाइकलसहित ¥याली देखेपछि जैसवाललाई स्पष्टीकरण सोधेको हो।

बाराकै सिमरा उपमहानगरपालिकामा एमालेतर्फबाट मेयरका उम्मेदवार कृष्ण पौडेललाई पनि २४ घन्टे स्पष्टीकरण सोधेको छ । सिमरा विमानस्थलमा सयौँको संख्यामा नेता कार्यकर्ताले एमालेको निर्वाचन चिह्न अंकित टि–सर्ट, भेस्ट, टोपी र गम्छा प्रयोग गरेकोे भन्दै उम्मेदवारी किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधेको हो।

आयोगको निर्देशन

प्रमुख आयुक्त यावदले पर्सा र बारा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्वाचन शान्तिपूर्ण र सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा भरपर्दो बनाउन निर्देशन दिएका छन।

आयुक्तहरू नरेन्द्र दाहाल र सुधीरकुमार शाहले रौतहटको गौर र सर्लाहीको मंलगवा क्षेत्रको स्थलगत अनुगमन गरेका थिए। उनीहरूले मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षा निकायबीच समन्वयकारी भूमिका देखाउन निर्देशन दिएका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);