चाडपर्वसँगै बढ्यो ट्राफिक जाम : कहाँ-कहाँ हुन्छ धेरै जाम ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, ३१ भदौ । नजिकिँदो चाडपर्वसँगै उपत्यकाको सहरी क्षेत्रमा ट्राफिक जाम बढेको छ। विशेषगरी बजार, सपिङ मल तथा बसपार्क क्षेत्रमा ट्राफिक समस्या बढ्न थालेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडपर्वमा सर्वसाधारणको आवागमन बाक्लो हुने भएकाले धेरै ट्राफिक जाम देखिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

कहाँ–कहाँ हुन्छ धेरै ट्राफिक जाम ?

-महाशाखाका अनुसार न्युरोड, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, सहिदगेट, रत्नपार्क, केशरमहल, दरबारमार्ग, भृकुटीमण्डप, भद्रकाली क्षेत्रमा जाम बढेका छन्।

-ठमेल, सोह्रखुट्टे, नयाँ बजार, गोंगबु, बालाजु, स्वयम्भू क्षेत्र, चाबहिल, गौशाला, बौद्ध क्षेत्र, कोटेश्वर, तिनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सातदोबाटो, कालिमाटी, बल्खु, कलंकी क्षेत्रमा ट्राफिक जामको समस्या अत्यधिक देखिने गरेको छ।

-प्रवक्ता रञ्जितकारले चक्रपथ क्षेत्र र उपत्यकाको प्रमुख नाकामा ट्राफिक जाम बढेको बताए । ‘चाडपर्वमा उपत्यकाबाट बाहिरिने र भित्रिने सर्वसाधारणको संख्या अधिक हुन्छ । यसको सीधा असर नाकाको सवारी आवागमनमा पर्छ,’ उनले भने।

-चाडपर्वमा मेला तथा जात्रा लाग्ने तथा भिभिआइपीको आवागमनले ट्राफिक समस्या बढ्ने गरेको छ।

ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने

-चाडपर्वमा हुने गरेको ट्राफिक जाम नियन्त्रण गर्न महाशाखाले विशेष कार्यक्रम ल्याउने योजना बनाएको छ।

-अबको केही दिनमै सहरी क्षेत्रमा केन्द्रित गरी सडकमा खटिने ट्राफिक प्रहरीको संख्या दोब्बर पारिने महाशाखाले जनाएको छ।

-त्यसबाहेक मोबाइल टोली पनि परिचालन गरिनेछ।

‘चाडपर्वका वेला उपत्यकाको ट्राफिक समस्या निराकरण गर्ने काम चुनौतीपूर्ण छ । महाशाखाले चाँडै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ,’ प्रवक्ता एसएसपी रञ्जितकारले भने, ‘पहिलो चरणमा सडकमा खटिने ट्राफिक प्रहरीको संख्या बढाउने र मोबाइल टोली परिचालन गरिनेछ।’

कति गुड्छन् उपत्यकाभित्र सवारीसाधन ?

-यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा मात्रै १० हजार तीन सय ठूला बस गुड्छन् ।
-मिनीबसको संख्या ९५ सय छ ।
-चक्रपथ क्षेत्रमा सेतो र नीलो गरेर पाँच हजार माइक्रोबस र
-टेम्पो २५ सय २८ वटा गुड्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);