शिक्षण अस्पतालबाटै यस्तो अवैध कारोबार, कबुलेको रकम नदिएपछि खुल्यो रहस्य | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

३१ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ।

मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले छानबिन गरिरहेको छ।

२० पुस २०७३ मा म्याग्दीको बेनी नगरपालिका-११ घर भएका नवीन खत्रीको मिर्गौला झिकेर बिक्री गरिएको हो। गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको छ।

कागजी प्रक्रिया पूरा गर्न दलालहरुले खत्रीको नक्कली नागरिकता बनाएका थिए। पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जीसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

ताजा समाचार