राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछरौंः विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछरौंः विष्णु पौडेल

बुटवल। एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनकाे भनाइ छ ।बुटवल-११ युद्धनगरमा साेमबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले यहाँका जनतालाई अतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको उनले बताए । महत्वकांक्षी र ठूला विकासका आयेजनामा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने उल्लेख गरे । यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।’  रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्नेगरी बृहत् रहेको उल्लेख गरे । रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी पनि गरे ।

एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । विगतमा आफूले सुरु गरेका योजनालाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने उनले दाबी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);