शिक्षा नीतिमा आमूल परिवर्तन गरिने प्रचण्डको घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

शिक्षा नीतिमा आमूल परिवर्तन गरिने प्रचण्डको घोषणा

चितवन, २९ चैत । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नीतिमा आमूल परिवर्तन गर्ने घोषणा गरेका छन् । अध्यक्ष दाहालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् ।

बिहीबार चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित आधारभूत विद्यालय सुन्दरबस्तीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै उनले मुलुकमा विद्यमान शिक्षा नीतिले बेरोजगार मात्रै उत्पादन गरेकाले अव सोझै उत्पादनसँग जोड्ने गरी व्यवसायिक शिक्षा नीति अवलम्बन गर्ने तयारीमा सरकार रहेको बताए । अध्यक्ष दाहालले अव सरकारले ७० प्रतिशतभन्दा बढि व्यवसायिक शिक्षामा जोड दिने नीति लिने बताए।

अध्यक्ष दाहालले सामूदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जोड दिन विशेष नीति लिने योजना पनि अघि सारे । उनले सामूदायिक विद्यालयलाई गुणस्तरीय बनाउन र त्यसको भौतिक पूर्वाधार विकासमा जोड दिन पनि सबैसँग आग्रह गरे ।

अध्यक्ष दाहालले सामूदायिक विद्यालयको शैक्षिक स्तर सुधार गरेर निजी क्षेत्रका विद्यालयलाई नियन्त्रण गर्दै लैजाने बताए । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार नल्याई मुलुकलाई समृद्ध बनाउने परिकल्पना साकार बनाउन नसकिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);