प्रदेशसभा ३ को बैठकमा पारिश्रमिक तथा सुविधा सम्बन्धमा दफावार छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रदेशसभा ३ को बैठकमा पारिश्रमिक तथा सुविधा सम्बन्धमा दफावार छलफल

pradesh-3

हेटौंडा, २९ चैत । प्रदेशसभा ३ को बिहीबारको बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरु, प्रदेशसभा र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलमा लागि प्रदेश मामिला समितिमा पठाएको छ ।

बैठकले गाउँ नगर, जिल्ला सभा संचालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।

बैठकको सुरुमै मुख्यमन्त्री डोरमणि पौडेलले पेश गरेको गाउँ, नगर तथा जिल्ला सभा संचालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तह पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउन गरिएको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकटेलले पेश गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पनि समितिमा दफावार छलफल गर्न पठाइयोस भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो । बैठकमा विशेष र शुन्य समयमा बोल्ने कार्यसूचि भने हटाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);