कहिले काँही त दिक्क लाग्छ र खेती गर्न हिँडमकी जस्तो हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

कहिले काँही त दिक्क लाग्छ र खेती गर्न हिँडमकी जस्तो हुन्छ : प्रचण्ड

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योग विना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । भक्तपुरको गठ्ठाघरस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने बताए ।

कृषिमा आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण नै समृद्धिको मुख्य आधार भएको भन्दै उनले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए । कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दुरी घटाई उत्पादन बढाउने विषय महत्वपूर्ण रहेको भन्दै उनले कृषिलाई उद्योग र व्यवसायको रुपमा विकास गर्नु जरुरी रहेको बताए ।

उनले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताए । कृषिमा आधारित बजेट नाम मात्रैको हुने गरेको भन्दै उनले कृषिमा आधारित उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी श्रृजनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई समृद्ध बनाउने सपना पुरा हुन नसक्ने स्पष्ट पारे ।

शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण वेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उनले प्रविधिमैत्री शिक्षा नीतिमा जोड दिए । उनले विदेशीने युवालाई मुलुकभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमुल परिवर्तन अत्यावश्यक रहेको बताए ।

प्रविधि मैत्री, जीवन उपयोगी शिक्षा नीति नभएका कारण उच्च शिक्षा आर्जन गरेपछि विदेश नै जाने प्रवृति देखिएको भन्दै उनले कृषि क्षेत्रमा रहेको प्रचुर संभावनालाई मध्यनजर गर्दै विदेश जान भन्दा गाउँमै बसेर श्रृजनात्मक काम गर्न युवाहरुलाई आग्रह गरे ।

उनले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफै कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताए । अध्यक्ष दाहालले भने ‘कहिले काँही त म परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर आफै खेती गर्न हिँडु कि भन्या जस्तो पनि हुन्छ ।’

सुनको टुक्रा हामी संगै छ । हामीसंग जति प्राकृतिक साधन स्रोत अन्त कतै पनि छैन । फेरी हामी नै गरिब । कही न कही हाम्रो सोचमा परिर्वतन ल्याउनु जरुरी छ । र यसको नेतृत्व राज्यले नै गर्नुपर्छ ।

ताजा समाचार