समृद्धिका लागि प्राविधिक शिक्षाको खाँचो छ– प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

समृद्धिका लागि प्राविधिक शिक्षाको खाँचो छ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताएका छन् ।

त्यसका लागि प्राविधिक शिक्षालयको स्थापना र विकासमा सरकार लागिरहेको उनको भनाई छ । प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई) को सुविधा सम्पन्न भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सरकारले प्राविधिक शिक्षालयको स्थापना र विकासमा जोड दिइरहेको छ ।’ कोभिड–१९ संक्रमणसँग विश्व लडिरहेको बेला विज्ञान र प्रविधिको प्रयोगले सुरक्षित बस्न सकिने उनले बताए ।

प्रविधिको समुचित उपयोगले गर्दा कोभिडलाई परास्त गर्न सकिने प्रधानमन्त्री ओलीको भनाई छ । समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न प्रविधिको विकासमा लाग्नुपर्ने बताउँदै उनले भने– ‘समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा मात्रै होइन, यो संकल्प सकेसम्म छिटो पुरा गर्नुपर्ने योजनामा सरकार छ ।

प्राविधिक शिक्षालयको स्थापना गरेर दक्ष प्राविधिक उत्पादन गर्न सके देशले फड्को मार्ने पनि प्रधानमन्त्री ओलीले बताए । उनले भन्नुभयो – ‘प्राविधिक शिक्षाले समाज र राष्ट्रका लागि योगदान पु¥याउने खालको जनशक्ति तयार पार्छ, शिक्षालाई व्यवसायिक र सीपमुलक बनाएर युवाहरुलाई स्वरोजगार बनाउन प्राविधिक शिक्षालयको स्थापना अनिवार्य छ ।’
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);