मुलुकलाई समृद्ध बनाउन राजसंस्था सहितको लोकतन्त्र अावश्यक : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

काठमाडौं, २ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको लोकतन्त्रको विकल्प नरहेको दावी गरेका छन् ।

अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना नगरेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको बताए । मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय कार्य समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले वर्तमान मुलुकको समस्या कम्युनिष्ट र काँग्रेस दुवै दलले लिएको गलत नीतिका कारण भएको उनको आरोप छ ।

अध्यक्ष थापाले जनताको अपेक्षा पूरा गर्न राजसंस्थासहितको लोकतन्त्र अनिवार्य रहेको पार्टीको अडानमा ढिलै भएपनि सबै राजनीतिक दल सहमत हुने बताए । उनले मुलुकमा विद्यमान संकट सरकारको असक्षमताका कारण नभई व्यवस्थाको कारण भएको जिकिर गरे ।

अध्यक्ष थापाले पार्टी छिट्टै मुलुकको राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा उदाउने विश्वास व्यक्त गरे । उनले पार्टीलाई गतिशील बनाउन पार्टीका नेता, कार्यकर्तालाई गतिका साथ अघि बढ्न पनि निर्देशन दिए । २ दिनसम्म चल्ने केन्द्रिय कार्य समिति बैठकमा पार्टीको भावी कार्यदिशाको बारेमा व्यापक छलफल हुने राष्ट्रिय प्रजातन्त्र पाटीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);