सरकारले लिएको अर्थ नीतिबाट मुलुक समृद्ध बन्दैन : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सरकारले लिएको अर्थ नीतिबाट मुलुक समृद्ध बन्दैन : कमल थापा

kamal thapa

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले लिएको अर्थ नीतिबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दाबी गरेका छन् । अध्यक्ष थापाले मुलुकको समृद्धिको मुख्य आधारको रुपमा रहेको रेमिट्यान्सको सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

शुक्रबार काठमाडौंमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासी नेपालीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले लिएको समाजवाद उन्मुख अर्थनीतिको नारा आकर्षक भएपनि त्यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरे ।

अध्यक्ष थापाले मुलुकलाई समृद्ध बनाउन प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहने विश्वास बताए । अध्यक्ष थापाले मुलुकको समृद्धिका लागि आफ्नो पार्टीले उदार अर्थ नीतिको पक्षपोषण गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);