सरकारको लक्ष्य मुलुकको आर्थिक समृद्धि : मन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारको लक्ष्य मुलुकको आर्थिक समृद्धि : मन्त्री थापा

काठमाडौं, १८ वैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारको लक्ष्य मुलुकको आर्थिक समृद्धि रहेको बताएकी छन् ।

मन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन सरकारले महिला उद्यमीहरुलाई सशक्त बनाउने अभियानलाई उच्च प्राथमिकता दिएको बताइन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘महिला उद्यमशीलता विकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आधाभन्दा बढि जनसंख्या ओगटेका महिलाहरुलाई सशक्त नबनाई मुलुकलाई समृद्ध बनाउन नसकिने स्पष्ट पारिन् । मन्त्री थापाले मुलुकको आर्थिक–सामाजिक रुपान्तरणका लागि महिलाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास दिलाइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);