'आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धि' | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

‘आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धि’

काठमाडौं, १२ वैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आर्थिक कूटनीतिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री ज्ञवालीले जनताको जीवनस्तरमा सुधार ल्याउन सरकारले तीव्र रुपमा सामाजिक–आर्थिक विकास हुनेगरी कूटनीति संचालन गर्ने नीति लिएको स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘सुःखी नेपाली समृद्ध नेपाल’ बनाउने सरकारको योजना साकार बनाउन आवश्यक कूटनीति संचालन गर्ने योजना अघि सारे ।

मन्त्री ज्ञवालीले सरकारले मित्रतापूर्ण सम्बन्ध कायम गरेर सबैसँग समानतामा आधारित कुटनीतिक सम्बन्ध विस्तार गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);