मुलुकमा चाँडै जनवाद आउँछ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुलुकमा चाँडै जनवाद आउँछ : प्रधानमन्त्री ओली

pm-oli

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा चाँडै जनवाद आउने बताएका छन् । गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरामा आयोजिक कार्यक्रममा प्रधानमन्त्री ओलीले वाम सरकारले मुलुकमा जनवाद ल्याउने बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका विरुद्व भ्रम फैलाइरहेको भन्दै प्रधानमन्त्री ओलीले आफुहरुले लोकतन्त्र र जनवाद बाहेक केही नसोचेको बताए । कांग्रेसले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले खण्डन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रण गरी सुसासन लिउन खोज्दा सरकार बलियो हुन थाल्यो अब तानाशाह जन्मन्छ भनेर प्रचार गरिएको बताए ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सरकारको गतिविधिका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले शक्ति केन्द्रीत गरिरहेको भन्दै कांग्रेसले आलोचना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);