कांग्रेसकाे बिरोध सभा यशोधरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसकाे बिरोध सभा यशोधरामा

कपिलबस्तु, २६ पुष । नेपाली कांग्रेस क्षेत्र न २ (ख) कपिलवस्तुले विरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी ओली सरकारले गरेको संसद विघटनको विरुद्ध काग्रेसको देशव्यापी कार्यक्रम अनुसार यशोधरा गाँयपालिकाको वडा न ५ सुठौली चौक विरोध प्रर्दशन गरेको हो । संसद विघटन असवैधानीक कदम भएको भन्दै कांग्रेसले निर्वाचन क्षेत्र न २ ख मा विरोध प्रर्दशन गरेको क्षेत्रीय अध्यक्ष गिरजेश कुमार पाण्डेंयले जानकारी दिनुभयो ।

प्रर्दशन पछि भएको कोण शभालाई संवोधन गर्दै नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति नेता सुधाकर पाण्डेंय प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले घरमा लागेको आगो नियन्त्रण नगरेर देश भर सल्काएको वताउनुभएको छ । जनताले दिएको मतको अपमान गरेर संसद विघटन जस्तो अलोकतान्त्रीक निर्णय गरेको वताउनुभएको छ ।

कांग्रेस जिल्ला सदस्य प्रकाश घिमिरेले ५ वर्ष सरकार चलाउन मत पाएको नेकपा आन्तरिक विवादमा फसेर मुलुकमा अस्थीरता निम्ताएको वताउनुभएको छ । संविधानमा व्यवस्था नभएको कुरा प्रयोग गरेर संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रीक भएको वताउनुभएको छ । घिमिरेले संविधानको रक्षाको लागी कांग्रेसले देशव्यापी विरोधका कार्यक्रमहरु गरेको वताउनुभएको हो ।

नेपाली कांग्रेसको यशोधरा गाँउपालिका अध्यक्ष दिनेश पाण्डेंयले कम्नीयुष्टको पतासापको लागी मधेश जाग्नुपर्ने वताउनु भएको छ । उहांले मधेशका नागरिक सचेत भए कम्नीयुष्ट शासन मुलुकवाट अपदस्त हुने वताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले मधेशका नागरिकलाई अपमानीत गरेर खोक्रो राष्टवाद देखाएपनि अन्तयमा मुलुकलाई नै अध्यारो स्थितीमा धकलेको आरोप लगाउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);