संसद बिघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङको बृहत् मोटरसाइकल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

संसद बिघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङको बृहत् मोटरसाइकल र्‍याली

खोटाङ, २६ पुष । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङ्ले बृहत् मोटरसाइकल र्याली निकालेको छ । असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दिक्तेल बजारमा जनता समाजवादी पार्टी खोटाङले बृहत् मोटरसाइकल र्‍याली  निकाल्नुका साथै सुरक्षा दल घोषणा गरेको हो ।

शनिवार दिउँसो दिक्तेल बजारको भवन गैराबाट निकालिएको मोटरसाइकल र्‍याली भानुचोक, रत्नपार्कस्थित किरातचोक, नुनथला, अर्खौलेबजार, त्रीधार्मिकस्थल हलेसी स्थित हलेसी बजारको परिक्रमा गर्दै हलेसीस्थित छापडाँडामा गई कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा करिव ४ सय जना नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । बिरोध र्‍यालीमा केन्द्रीय सदस्य सन बहादुर राई, भिम राई , सुर्यबहादुर राईले कोणसभामा सम्बोधन गरेका थिए । नवीन राई, टंक थापा, मोहन गुरुङ, कर्ण खत्री लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);