संसद विघटनको विरुद्धमा जसपाले थाल्यो आन्दोलनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

संसद विघटनको विरुद्धमा जसपाले थाल्यो आन्दोलनको तयारी

काठमाडौं, ९ पुष । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ । जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

जसपाले यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट मशाल जुलुस निकाल्ने र बृहत प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेको छ ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै जसपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);