प्रचण्ड-नेपाल समूहद्वारा संसद विघटनविरुद्धको आन्दोलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रचण्ड-नेपाल समूहद्वारा संसद विघटनविरुद्धको आन्दोलन सुरु

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माईतीघर मण्डलाबाट संसद विघटन विरुद्धको आन्दोलन सुरु गरेको छ ।

शुक्रबार प्रचण्ड–माधव समुहका शिर्ष नेताहरु अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, विघटित प्रतिनिधी सभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरु लगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन शुरु गरेका हुन् ।

नेताहरुले ‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । प्रचण्ड–माधव समूहको बिहिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

शुक्रबार काठमाडौँमा केन्द्रीय सदस्यहरु, विघटित प्रतिनिधि सभाका सांसदहरु लगायतको उपस्थितिमा बिरोध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । शुक्रबार नै दिउँसो २ बजे अध्यक्षद्धय प्रचण्ड र नेपालले पत्रकार सम्मेलन गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);