प्रचण्ड–माधव समुहले चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे विज्ञसँग गरे छलफल | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रचण्ड–माधव समुहले चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे विज्ञसँग गरे छलफल

काठमाडौं, ६ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले संसद विघटन पछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ ।

सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले संविधानविद् एवं कानुनविद्सँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधी सभा विघटन गरेसँगै आगामी संवैधानिक एवं राजनीतिक कदमका बारेमा संविधानविद् एवं कानुनविद्सँग छलफल गरिएको हो । नेकपाले संसद विघटनलाई गैर संंवैधानिक भन्दै यस कदमलाई सम्पूर्ण रुपमा अस्वीकार गरेको यसअघि नै जनाइसकेको छ ।

छलफलमा संविधानविद् एवं कानुनविद्हरुले प्रधानमन्त्रीले असंंवैधानिक कदम चाल्नुभएको र यसरी संसद विघटन हुन नसक्ने धारणा राख्नुभएको छलफलमा सहभागि राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले बताउनुभयो ।

सांसद बिडारीले सांसदहरुले अझै सांसदको लोगो लगाउने, राष्ट्रपति समक्ष संसद अधिवेशन बोलाउन माग गर्ने र अधिवेशन नबोलाईए अरु रणनीतिमा जाने पनि बताउनुभयो । छलफलमा संविधान एवं कानुनविद्हरु शम्भु थापा, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);