भक्तपुरमा नेकपा ओली समूहको मोटरसाइकल र्‍याली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भक्तपुरमा नेकपा ओली समूहको मोटरसाइकल र्‍याली

सुवास चौलागाईँ
भक्तपुर, २१ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले बुधबार भक्तपुरमा मोटरसाइकल र्‍याली निकालेको छ । नेकपाको (ओली पक्ष) बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने आमसभाको तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकालेको हो ।

मध्यान्ह १२ बजे बालकुमारीमा सो र्यालीमा केन्द्रमा मिसिएको हो । र्‍याली सातदोबाटो-लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपालहल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुनेछ ।

र्‍यालीमा १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने ओली समुहले नेता हरुले दाबी गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);