दाहाल-नेपाल पक्षले घोषणा गरेको बन्दको प्रभाव जनकपुरधाममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाहाल-नेपाल पक्षले घोषणा गरेको बन्दको प्रभाव जनकपुरधाममा

जनकपुर, २२ माघ । नेकपा दाहाल—नेपाल पक्षले घोषणा गरेको नेपाल बन्दको प्रभाव जनकपुरधाममा पनि परेको छ ।

जनकपुरधामको विभिन्न चोकमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरुले समूह बनाई मोटरसाइकल र्‍याली निकाल्दै पसलहरु बन्द गराएका छन् । मोटरसाइकल र्‍यालीमा नेता तथा कार्यकर्ताहरुले प्रतिगामीकारी मुर्दावाद, गैरसंवैधानिक नियुक्ति फिर्ता गर लगायतको नारा जुलुस प्रदर्शन गर्दैछन् ।

धनुषामा बन्दको कारण छोटो तथा लामो दूरीको सवारी साधन चल्न सकेको छैन भने राजमार्ग सुनसान देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);