विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव

काठमाडौं, १० असार । विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । देशका विभिन्न स्थानहरुमा भेटिएका बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको अह्वान गरेको थियो ।

बन्दले काठमाडौँमा खासै प्रभाव पार्न सकेन । काठमाडौँ उपत्यकामा विहान सवारी साधनको चापमा केही कमी भएपनि दिनभर सामान्य नै रह्यो । सडक तथा बजारहरु अरु दिन जस्तै सामान्य रहे । उपत्यकाका शैक्षिक संस्थाहरु भने बन्द रहे । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा सुरक्षकर्मीको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो ।

उपत्यका बाहिरको जनजीवन प्रभावित

बन्दले उपत्यका बाहिरको जनजीवनलाई प्रभावित बनायो । पार्टीका कुनै नेता तथा कार्यकर्ताहरु सडकमा नदेखिए पनि सप्तरीमा यातायात तथा शिक्षण संस्थाहरु ठप्प रह्यो । बन्दले सप्तरीको जनजीवन पनि प्रभावित बन्यो ।

मंगलवार विहानै देखि लामो दुरीका यातायातका साधन चलेनन् भने बजारमा फाटफुट रुपमा छोटो दुरीमा चल्ने सबारी साधन चलेको देखिन्थ्यो । बन्दको प्रभाव पसलहरुमा भने परेन् । जिल्ला सदरमुकाम राजविराजका साथै कल्याणपुर, विषणपुर, कंचनपुर, लगायतका प्रमुख बजारहरु खुल्ला थिए ।

यता बन्दका क्रममा जिल्लामा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीका सरकारी र निजी दुबै शिक्षण संस्था बन्द रहे । पटकपटकको यस्तो बन्दका कारण आफुहरुको पढाईमा असर गरेको विद्यार्थीहरुको भनाई छ ।

बन्दले बुटवल, भैरहवा सहित आसपासका क्षेत्रमा बिहानैदेखि प्रभाव पा-यो । बुटवलमा सार्वजनिक यातायात चलेनन् भने अन्य साना गाडी तथा छोटो दुरीमा ई रिक्सा तथा निजी गाडीहरु भने चले । बुटवल, भैरहवा, परासी, तौलीहवा लगायतका अन्य स्थानबाट छोटो तथा लामो दुरीका गाडी चलेलन् । बिहानी समयमा सञ्चालन हुने शिक्षण संस्थाहरु पनि सञ्चालनमा आएनन् ।

विप्लव समूहको नेपाल बन्दले पोखरामा पूर्ण प्रभाव पा-यो । बन्दलाई सघाउने गरी पोखराका विभिन्न ठाउँमा बम भेटिए । पोखराको चाउथेमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्तेज पारेको थियो । भने शिसुवामा राखिएको सकेटबम पनि डिस्पोज गरिएको थियो ।

त्यस्तै नयाँ बजार र विरौटामा भेटिएका दुईवटा शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको थियो । पोखराका लामा तथा छोटो दुरीका गाडीहरु छुटेनन् । सामान्य रुपमा निजी गाडी चलेपनि सार्वजनिक गाडीहरु गुडेनन् । विद्यालय पनि पूर्ण रुपमा बन्द भए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);