सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न सकेन : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न सकेन : गृहमन्त्री

rambahadur-thapa-badal

काठमाडौं, १० असार । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको बताउनु भएको छ । मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकता सम्बन्धि विधेयक अघि बढ्न नसकेको प्रष्टयाउनु भएको हो । नागरिकता सम्बन्धि विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाई भएको गृहमन्त्री थापाको दावी छ ।

गृहमन्त्री थापाले प्रहरी कर्मचारी समायोजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि राजनीतिक सहमति जुटाउने प्रयास गर्दा समितिमा पेश गर्न केही ढिलाई भएको पनि बताउनु भयो । नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले सो विषयमा सहमति जुटाउन अझै सकेको छैन । नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);