देशभर नेपाल बन्दको आंशिक प्रभाव (फोटो फिचर ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशभर नेपाल बन्दको आंशिक प्रभाव (फोटो फिचर )

banda2

काठमाडौं, ८ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौ उपत्याकामा बन्दको असर नपरेपनि विभिन्न जिल्लामा सामान्य प्रभाव परेको छ ।

बन्दका कारण इलाममा शैक्षिक संस्था र यातायात चल्न सकेनन् । इलाम सदरमुकामबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु चल्न नसकेको हो । उता दार्चुलामा पनि बन्दको न्युन प्रभाव परेको छ । दार्चुलामा शैक्षिक संस्था सरकारी कार्यालय खुलेका छन् ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा बन्दको अवज्ञा गरेको भन्दै नेकपाका कार्यकर्ताले एक जिपमा तोडफोड गरेका छन् । बुढीगंगा जलविद्युत आयोजना अछामको बा १५च ७५८ नम्बरको जिपमा तोडफोड गरेको हो । जिपमा तोडफोड गरेको आरोपमा प्रहरीले कञ्चनपुरका सेक्रेटरी सहित तीन जनालाई पक्राउ गरेको छ । बन्दका कारण भारतबाट नेपाल फर्किएका मजदुरलाई समस्या भएको छ । सार्वजनिक यातायात नचल्दा रिक्सावालाले महंगो भाडा असुलेको मजदुरको गुनासो छ ।

कतिपय व्यवसायीले बन्दमा तोडफोड हुने भन्दै सार्वजनिक यातायात नचलाएको बताएका छन् । बन्दमा अप्रिय घटना हुन नदिन बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो । विराटनगरमा आइतबार भएको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले नेपाल बन्दको आह्वान गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);