दाहाल–नेपाल समूहको नेपाल बन्दः तोडफोड, दर्जनौँ नेता कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाहाल–नेपाल समूहको नेपाल बन्दः तोडफोड, दर्जनौँ नेता कार्यकर्ता पक्राउ

काठमाडौं, २२ माघ । दाहाल – नेपाल पक्षको नेकपाले आव्हान गरेको आम हडतालको देशभरी प्रभाव परेको छ। बन्दका कारण उपत्यकामा छिटपफुट सवारी साधन चलेका छन्।

बन्दकर्ताले बिहीबार बिहानै गोगबुमा एक ट्यक्सीमा आगजानी गरेका छन् । शुक्रबार बिहानै देखि बन्दकर्ताहरु सडकमा उत्रिएका छन् । कतिपय ठाउँम बन्दकर्ताहरु र प्रहरीबिच घम्सा घम्सी भएको छ।

आम हडताललाई मध्यनजर गर्दै गृहमन्त्रालयले बुधबार एक बिज्ञप्ति प्रकाशित गरी तोडफोड नगर्न आग्रह गरेको थियो। बन्दको समर्थनमा सडकमा उधिएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

यस क्रममा सो पार्टीका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य हितमान लगायतलार्ई प्रहरीले कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। उनका अनुसार युवासंघका रमेश मल्ल बागबजारबाट पक्राउ परेका छन भने चाबहिलबाट कृष्ण केसी सहित ५० नेता कार्यकर्ता पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);