बन्दका कारण सवारीसाधन नचल्दा यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बन्दका कारण सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

मकवानपुर। मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ ।

बन्दका कारण यात्रुले सास्ती भोग्नु परेको छ । हेटौंडामा सार्वजनिक सवारी साधन चलेका छैनन् । केही मयूरी तथा साइकलबाहेकका अन्य सवारी साधन चलेका छैनन् भने मुख्य बजारका पसल पनि बन्द छन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्ति लोकपथलगायतका सडकखण्डमा प्रभाव परेको छ । 

मकवानपुरका उद्योग कारखाना, शैक्षिक संस्था बन्दका कारण ठप्प बनेका छन् । विभिन्न सरकारी कार्यालयहरू खुले पनि सेवाग्राही भने उपस्थित देखिएका छैनन् । बन्दमा कुनै पनि प्रकारको अप्रिय घटना नभएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बन्दमा कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि सुरक्षा व्यवस्थामा ध्यान दिइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);