विप्लपले आहवान गरेको बन्दको आंशिक प्रभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

विप्लपले आहवान गरेको बन्दको आंशिक प्रभाव

banda

काठमाडौं, ३० फागुन । पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा नेत्रबिक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक रुपमा परेको छ ।

बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधन भने कम मात्रामा चलेका छन । सार्वजनिक सवारी कम चल्दा यात्रुले भने सास्ती पाएका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।

त्यसैगरी शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । सार्वजनिक र नीजि कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।तर, सरकारले बिप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण बन्दकर्ता सडकमा देखिएका छैनन् ।

त्यसैगरी उपत्यका बाहिर पनि बन्दको प्रभाव खासै परेको छैन । बिप्लव समूहमाथि प्रतिबन्ध लगाएसंगै सरकारले सुरक्षा ब्यवस्था कडा पारेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);