बन्दुकको नाममा विप्लपले र सत्ताको आडमा ओलीले देश लुटे : अर्जुन नरसिंह केसी | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८१, बुधवार

बन्दुकको नाममा विप्लपले र सत्ताको आडमा ओलीले देश लुटे : अर्जुन नरसिंह केसी

arjun narsingh kc

पोखरा,  ३० फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले बन्दुकको नाममा विप्लप नेकपाले र सत्ताको आडमा ओलीले देश लुटेको आरोप लगाएका छन् । प्रेस युनियन कास्कीले पोखरामा बिहिबार आयोजना गरेको पत्रकार सम्मलेनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लप माओवादीलाई सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्वन्दमा धकेलेको आरोप लगाए ।

पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता केसीले जनताको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्ने दायित्व सरकारको भएको भन्दै सिके राउतसँग भएको सम्झौता गलत भएको बताए । उनले सिके राउतले सरकारलाई प्रयोग गरेको आरोप समेत लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);