देश टुक्रयाउन खोज्नेलाई रुकमाङ्गदको चुनौती, ओली सरकारबारे गरे यस्तो भविष्यवाणी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

देश टुक्रयाउन खोज्नेलाई रुकमाङ्गदको चुनौती, ओली सरकारबारे गरे यस्तो भविष्यवाणी (भिडियोसहित)

kharo prashna with rukmangad katwal

काठमाडौं, ३० फागुन । सरकारले सीके राउतसंग ११ बुँदे सम्झौता गर्यो । र सम्झौता गर्दा एउटै सम्झौतापत्रमा ९ ठाउँमा स्वतन्त्र मधेश गठबन्धन भन्ने शब्द प्रयोग गरिएको छ । र दुई अर्थ लाग्ने शब्दहरु पनि प्रशस्त रुपमा गरिएको छ भनेर स्वयम सत्तारुण दलकै नेताहरु र बिपक्षी दलका नेताहरुले पनि आपत्ति प्रकट गरेका छन् । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई नाम परिवर्तन गरेर ‘लुटेरा समूह’ राख्र भनेर कडा अभिव्यक्ति दिए । त्यसको एक साता नपुग्दै सकारले विप्लप नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । जसले यो व्यवस्था, संविधान हामी मान्दैनौ, अर्को संविधान ल्याउनुपर्छ  र त्यसलाई हामी राजनीतिक ढंगबाट आन्दोलन गरेर ल्याउछौ भनेर भनिरहेको थियो । तर राजनीतिक संगठनको रुपमा नल्याउ भनेर गृहमन्त्रिले सुर्खेतमा पुगेर सुरक्षा अधिकारीहरुलाई निर्देशन दिईसकेपछि अब त्यो प्रतिबन्धित भएको छ । तर संविधानको धारा २७० हेर्ने हो भने दलमाथि प्रतिबन्ध लगाईने छैन भनेर उल्लेख गरिएको छ । सीके राउत, जसले विखण्डको मुद्दा उठाएका थिए, तिनलाई ११ बुँदे सम्झौतामा सरकारले ल्याएको छ र ऐतिहासिक काम भएको भनेको छ । तर विप्लप समूहले आतंक मच्चायो भनेर प्रतिबन्ध लाएको छ । हामी कता तर्फ जाँदै छौ ? सरकारले अहिले गरिरहेको कामले के चित्र देखाईरहेको छ ? सरकार नेत्र बिक्रम चन्दप्रति किन आक्रामक भयो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);